कुलिङ पिरियडमा छलछाम राज्यविरुद्धको जघन्य अपराध हो : ज्ञानेन्द्र शाही

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

निजामती विधेयकमा राखिएको कुलिङ ‘पिरियड’मा अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य विषय नभएको भन्दै राज्य व्यवस्था समितिका सांसदहरूले आपत्ति जनाएका छन् ।

आज (मंगलबार) सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सदस्य एवं राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले समितिले पारित गरेको विषय अनधिकृत रूपमा परिवर्तन हुनु राज्यविरुद्धको कसुर भएको बताएका छन् ।

समिति सभापति रामहरि खतिवडालाई लक्षित गर्दै राप्रपा सांसद शाहीले नैतिक हिसाबले राजीनामा दिनुपर्नेमा जोड दिए । ‘नैतिकता छ भने राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ । पदमा बसेर अनुसन्धान हुँदैन । यो राज्यविरुद्धको कसुर हो । जघन्य अपराध हो । किनभने राज्यको ऐन, नियम, कानुन बनाउने विषयमा समितिले पारित गरेको अर्कै छ । विधेयक पास हुन्छ अर्कै । यो अपराध हो, गलत गर्नेमाथि कडा कारबाही हुनुपर्छ ।’

सुझावित समाचार