माधवकुमार नेपाल विशेष अदालत पुगे

बुधबार, ११ असार, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आफैँ हाजिर हुन अदालत पुगेका हुन् । 

गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनकाे हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

सुझावित समाचार