अत्यधिक गर्मी बढेसँगै अन्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अन्डा उत्पादनमा पनि कम भएको छ । ‘२५ प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आर्दता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ,’ उनले भने ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । संघले आजदेखि लागू हुने गरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठुलो प्रतिक्रेट रु. चार सय ८० र मझौला रु. चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु. ३० वृद्धि भएको छ ।
व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठुलो रु. तीन हजार ५४० र मझौला रु. तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अन्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अन्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् । अन्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।
अन्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
प्रहरी प्रधान कार्यालयमा पाँच घन्टा लामो उच्चस्तरीय बैठक
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयमा पाँच घन्टा लामो छलफल भएको छ । एसएपीसम्मका अधिकृतलाई बोलाएर प्रहरी महानिरी…
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं / झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड …
आज राति कोशीदेखि गण्डकीका धेरै ठाउँमा पानी पर्ने
काठमाडौं/ बंगालको खाडीमा बनेको ‘अर्नब’ चक्रवातको असरस्वरूप आज बिहीबार रातिबाट देशभर पानी पर्ने प्रक्रिया सुर…
२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ
काठमाडौं/ २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन्।…
जाजरकोटमा विद्यालयको साढे १७ लाख हिनामिना, व्यवस्थापन समिति अध्यक्षसहित चारविरुद्ध मुद्दा
काठमाडौं । जाजरकोटको कुसे गाउँपालिका– २ स्थित मान्नेढुंगा माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष र पूर्वप्रधानाध्यापकसहित च…
आइजिपी कार्कीले बोलाए पिसिसी बैठक
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी संगठनका नीतिगत विषयमा छलफल गर्न नीति समन्वय समिति (प…