राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटिस्क्यान’ सेवा प्रभावित

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

राप्ती प्रादेशिक अस्पतालको सिटिस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरूले बताएका छन् । 

०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटिस्क्यान सेवा सुरु भएको थियो । मेसिन रु. तीन करोडमा खरिद भएको थियो ।  

सुझावित समाचार