तनहुँ टी–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण

तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा प्रथम तनहुँ टी–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ। तनहुँको व्यासस्थित पाटन खेल मैदानमा हुने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोर्टस् एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिकन्स क्रिकेट क्लब, दमौली राइभल्स क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता तथा एक उत्कृष्ट उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर तथा ब्याटर, उदीयमान खेलाडी तथा ‘प्लेयर अफ द म्याच’लाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

समूह ‘ए’मा एस्टर्न, प्रगतिशील र महालक्ष्मी, समूह ‘बी’मा आरसिबी, बैरेनी र राइभल्स तथा समूह ‘सी’मा दमौली, हिमालय र पेलिकन्स छन्।

सुझावित समाचार