रास्वपालाई कांग्रेसको प्रश्न– मुद्दा खेपिरहेको व्यक्तिलाई सभापति बनाउनेले नैतिकता सिकाउन मिल्छ ? [भिडियाेसहित]

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण
रास्वपालाई कांग्रेसको प्रश्न– मुद्दा खेपिरहेको व्यक्तिलाई सभापति बनाउनेले नैतिकता सिकाउन मिल्छ ? [भिडियाेसहित]

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रवि लामिछानेलाई सभापति बनाएको भन्दै रास्वपाका सांसदहरूलाई नैतिकताको प्रश्न नगर्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुद्दा खेपिरहेको व्यक्तिलाई सभापति बनाइराखेको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘एउटा कर्मचारीमाथि अख्तियारले छानबिन प्रारम्भ गरेको भन्ने आधारमा नैतिकताको आधारमा राजीनामा माग गर्ने साथीहरूले पाँच–पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं संगठित अपराधका मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ?’

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएको छ।

अरूसँग नैतिकता खोज्नेले आफैँभित्र नैतिकताको उदाहरण खोज्न भन्दै घिमिरेले थपे, ‘जो संसद् सदस्यबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्ति नै अहिले पनि आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने हो, कति जायज हो ?’

हेर्नुस् भिडियाे :

सुझावित समाचार