अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान

शनिबार, ३२ जेठ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान राखेकी छिन् । दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै ०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् ।

ट्रिपल जम्पसहित छात्र र छात्राको चार गुणा १ सय मिटर रिलेमा तीन कीर्तिमान बनेका छन् । छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीको टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पा¥यो । बागमतीले लुम्बिनीले राखेकोे ४४.०० सेकेन्डको कीर्तिमान तोडेको हो ।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको रेकर्ड थियो ।

बागमती च्याम्पियन 
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले १२ स्वर्ण, चार रजत र तीन कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारू र प्रवीण रानामगरले समान चार स्वर्ण हात पारे ।

प्रवीणले सय मिटर दौड, दुई सय मिटर दौड, चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा पहिलो भइन् ।

सुदूरपश्चिम समान सात स्वर्ण, रजत र कांस्यसाथ दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको गण्डकीले तीन स्वर्ण, पाँच रजत र ६ कांस्य हात पा¥यो । कर्णालीले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य जित्यो । लुम्बिनीले एक स्वर्ण, पाँच रजत र पाँच कांस्य हात पा¥यो । स्वर्णविहीन कोशीले तीन रजत जित्दा मधेश पदकविहीन रह्यो ।

See More On

सुझावित समाचार