कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण रूपमा बुझ्नु दुःखद : मन्त्री डा. राणा

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छिन् । 

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छिन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद भएको उनको भनाइ छ । 

‘नागरिक दैनिकमा आफ्नो विषयमा समाचार  प्रकाशित भएको देखेर आश्चर्यचकित भएकी छु,’ उनले भनेकी छिन्, ‘हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसायसहित  सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणबारे उहाँसँग कुराकानी भएको हो ।’

नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्नेसमेत उनले स्मरण गरिन् । 

सुझावित समाचार