नेपाल र वेस्ट इन्डिजबिच ऐतिहासिक शृंखला हुने

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्रिय क्रिकेट टिम र वेस्ट इन्डिजको क्रिकेट टिमबिच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुने भएको छ। 

बिहीबार नेपाल क्रिकेट संघले शृंखला हुने जानकारी गराएको हो। शृंखला युएईको सारजहाँ क्रिकेट मैदानमा हुनेछ। 

खेल २७ २८ र ३० सेप्टेम्बर (असोज ११, १२ र १४) मा हुने क्यानले जनाएको छ। नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो। यसअघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो।

सुझावित समाचार