ग्रामीण विकास प्रतिष्ठानमा प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

ग्रामीण विकास प्रतिष्ठानमा कृष्णमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो र कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन भएका छन्। 

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसााल, वरिष्ठ मानव अधिकारकर्मी इन्दिरा श्रेष्ठ, सुदुरपश्चिम विश्वबिद्यालयका पूर्वडिन कर्ण थापा र वन विभागका पूर्वमहानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन भएका छन् । 

३० वर्ष पुरानो यस सस्थाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानून निर्माण, क्षमता अभिवृद्धि, न्यायमा पहुँच लगायत कार्यक्रम गर्दै आएको छ । 
प्रतिष्ठानले आगामी दिनमा तीनै तहका सरकारसँग समन्वय गरी कानून निर्माण, मानवअधिकार, समाबेशीता, कानुनी शासन, जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष प्रधान बताउँछन् । 
 

सुझावित समाचार