पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा दुई प्याराग्लाइडिङ खसेर दुर्घटना भएको छ।
पोखरा महानगरपालिका– १८ स्थित तोरेपानीबाट उडान भरेका प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा एक्कासि आएको हावाहुरीको कारण तालमा खसेका हुन्।
प्याराग्लाइडिङ खसेलगत्तै फेवाताल किनारस्थित रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी बलको उद्धार टोलीले यात्रुहरूको सकुशल उद्धार गरेका छन्। उद्धार गरिएका चारमध्ये दुई नेपाली पाइलट र दुई भरतीय यात्रु छन्।
उद्धार गरिएकाहरूमा पाइलट ३० वर्षीय मिलन शाह र अर्का पाइलट २८ वर्षीय विश्वास अधिकारी तथा यात्रुहरू भारतको बनारस घर भएका ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल रहेका छन्।