गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । 

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ ।  

बिदाको अवधिमा बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँडडुल नगर्न, नदी–पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकमा अनुरोध गरे । चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ। 

See More On

सुझावित समाचार