झोल खानेलाई झोले भन्छ, एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : प्रवक्ता गुरुङ

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको ‘झोले’लाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा गलत रूपमा व्याख्या गरिएको बताए।

‘झोल खानेलाई पनि झोले भन्छ। झोला बोक्नेलाई पनि झोले भन्छ। हामीले झोल खाने झोले भनेको होइन। हाम्रो अध्यक्षले भन्न खोजेको झोले भनेको हाम्रो पार्टीको झोला बोक्ने। त्यसलाई गलत अर्थमा व्याख्या गरिराखिएको छ सोसल मिडियाहरूमा,’ उनले भने।

लामो समय पार्टीमा सक्रिय व्यक्तिलाई ‘झोले’ भनिने प्रस्टीकरण दिँदै गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको जिकिर गरे।

उनले भने, ‘जुन पार्टीको होलटाइमर भएर लामो समय झोला बोकेर काम गर्याे त्यसको नीति, सिद्धान्त पनि त्यही झोलामा राखेको हुन्छ। उसको विचार पनि त्यही झोलामा राखेको हुन्छ। झोला भनेको हाम्रो झण्ड पनि हो। एकखालको सिम्बोल (संकेत) हो।’

See More On

सुझावित समाचार