सिटिजन्स बैंकले गर्‍यो वृक्षारोपण र यात्रु प्रतीक्षालय निर्माण

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

सिटिजन्स बैंकले कोशी, मधेस र गण्डकीमा वृक्षारोपण गरेको छ । बैंकले विश्व वातावरण दिवसका अवसरमा आइतबार विश्वकर्मा चोक, विराटनगरमा वृक्षारोपण गरेको हो । बैंकले सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको जनाएको छ ।

त्यसैगरी, बैंकले सोमबार मधेश प्रदेशको धुनषामा पनि वृक्षारोपण गरेको छ । बैंकले जनकपुरधाम उपमहानगरपालिका– १३, मणिमण्डपमा पनि सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको जनाएको छ । 

यही क्रममा बैंकले गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, हेखाखर्कमा पनि एक सय बिरुवा रोपेको जनाएको छ । ‘बिट द प्लास्टिक’ भन्ने नारासहित बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न वृक्षारोपण गरिएको बैंकको भनाइ छ ।

त्यसैगरी, बैंकको बेनी शाखाले बेनी नगरपालिका– ६, जामुनाखर्कमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ । करिब ५० हजार रुपैयाँको लागतमा निर्मित उक्त प्रतीक्षालय वडाध्यक्ष कृष्णसिंह बानियाँलाई हस्तान्तरण गरिएको छ । 

सुझावित समाचार