अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकोप्टरबाट उद्धार

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

अत्यधिक रक्तस्राव भएपछि संखुवासभामा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

मंगलबार खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठलाई राष्ट्रपति उद्धार कार्यक्रममार्फत हेलिकोप्टरबाट काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय संखुवासभाका फोकल पर्सन भवानी तिम्सिनाले जानकारी दिइन्।

पाँच दिनअघि जिल्ला अस्पताल खाँदबारीमा अपरेसन गरेर बच्चा निकालिएको थियो। बच्चा सकुशल भए पनि आमाको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको थापाथालीस्थित प्रसूति गृह पठाइएको फोकल पर्सन तिम्सिनाको भनाइ छ।

हिमाली जिल्ला संखुवासभाबाट राष्ट्रपति उद्धार कार्यक्रममार्फत धेरै महिलाको ज्यान बचेको छ।
 

सुझावित समाचार