सन्तोषीलाई एनओसीको बिदाइ

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले १२औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई आइतबार विदाइ गरेका छन्।

सो एथलेट्स फोरम आगामी बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजेन सहरमा आयोजना हुँदै छ। बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस र कार्यकारी सचिव सुजनलाल श्रेष्ठको उपस्थिति थियो।

सुझावित समाचार