जेठ २४ देखि ३० गते सम्मको साप्ताहिक राशिफल

शनिबार, २५ जेठ, २०८२
डिजिटल संस्करण

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ २४ गते शनिबारदेखि जेठ ३० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेका र मनले चिताएका सम्पूर्ण कार्य सफल हुने योग रहेको छ ।  सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । साताको अन्त्यमा मनमा आध्यात्मिक सोच र चिन्तन बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो साता नयाँ धार्मिक तीर्थस्थलको भ्रमण हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । टाढा रहेका आफन्तजनसँगको सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सिर्जना हुन सक्ने सम्भावना रहेकाले संघर्षको सामना गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ योगका कारण यो साता महत्वपूर्ण रहनेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोगका कारण रोकिएका अधुरा काम पुनः सुरु हुने योग रहेको छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । साताको मध्यमा मनमा निराशा र शरीरमा आलस्यता आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । अरूको सहयोगबाट धन कमाउने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । आँट, साहस तथा पराक्रम गर्न नसक्दा हातमा आइसकेको काम अरूकै हातमा पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धनप्राप्तिको योग छ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगतिसमेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेका लागि समय फलदायी रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तराद्र्धबाट व्यापार–व्यवसायमा बाधा आउला । घर–व्यवहारको समस्याले सताउनेछ । व्यापार–व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । भौतिक तथा मानवनिर्मित स्रोतसाधनको प्राप्तिको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । साताको अन्त्यमा प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । अकस्मात् यात्रामा निस्कनुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक तथा महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरूको विश्वास जित्न सकिनेछ । वाक्चतु¥याइँले संकल्प सिद्ध हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । साताको अन्त्यमा सन्तान सुख पनि मिल्न सक्छ । व्यापार फस्टाएर जानेछ भने नाफामूलक क्षेत्रमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामान छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । शुक्रबारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको अन्त्यमा खोज तथा अनुसन्धानका क्षेत्रमा अलि बढी मिहिनेत गरे मात्र नतिजा आफैँतिर ल्याउन सकिने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा घरमा अतिथिको आगमन हुनेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । पढाइ–लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने योग रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा काम गर्ने जोश, जाँगर र उमंग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मिहिनेत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिएला । वैदेशिक यात्राको योग रहेकाले यात्रा फलदायी रहने देखिन्छ ।

See More On

सुझावित समाचार