पहिलोपटक इन्डियन प्रिमियर लिग(आइपिएल)को उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलरु(आरसिबी )को विजयोत्सव मनाउने क्रममा भागदौडमा परेर सातजनाको मृत्यु भएको छ। चिन्नास्वामी रंगशालाबाहिर बुधबार विजय मनाउन ठुलो संख्यामा समर्थकहरू जम्मा भएका थिए।
भिडमा एक्कासि भागदौड मच्चिँदा किचिएर कम्तीमा सातजनाको मृत्यु भएको र २५ भन्दा धेरै घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ। रंगशालाको तीन नम्बर गेटमा विजेता टिमको प्रतीक्षा चलिरहँदा एक्कासि भागदौड मच्चिएको थियो।