खड्का, श्रेष्ठ र लेखक संसद् परिसरमा छलफलमा

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण
खड्का, श्रेष्ठ र लेखक संसद् परिसरमा छलफलमा

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलका सांसदहरूसँग व्यक्तिगत छलफल बढाएका छन्।

खड्का यतिखेर संसद् भवन परिसरमै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग कुरा गरिरहेका छन्। उनीहरूसँग गृहमन्त्री रमेश लेखक पनि छन्।

खड्काले यसअघि रास्वपाका मनीष झा र हरि ढकालसँग पनि सदनको गतिरोध हटाउन अनुरोध गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएपछि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन्।

सुझावित समाचार