३७ वर्षपछि हङकङविरुद्ध खेल्दै नेपाल

बुधबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले हङकङसँग अहिलेसम्म एक मात्र औपचारिक खेल खेलेको छ ।

नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो । हङकङमा भएको सो खेल गोलरहित बराबरीमा सकिएको थियो । फिफा वरीयतामा हङकङ १५३औँ र नेपाल १७५औँ स्थानमा रहेको छ ।

हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपालले १० जुनमा एफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्नेछ । यसअघि छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । 

See More On

सुझावित समाचार