सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा दुईवटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुईवटा नि:शुल्क बससेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि सोमबार नेपाल प्रहरीले नि:शुल्क बससेवा सञ्चालन गरेको हो।

दुईवटा बस दुईवटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ ।

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत सातबुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।

सुझावित समाचार