लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू चार सय ८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू चार सय ६५ र मझौला रू चार सय ३५ तोकिएको छ ।
यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उनले भने, ‘बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।’
पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताए। गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उनी बताउँछन् । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन्। पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उनी बताउँछन् ।
अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ। नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन्। ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए।
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
३ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
३ हप्ता अघि
१२ कात्तिकदेखि पुष्प प्रदर्शनी
३ हप्ता अघि
सुझावित समाचार
संस्कार एकेडेमीद्वारा वास्तु सफ्टवेयर सार्वजनिक
नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘ओरा स्क्यानर’को प्रशिक्षण
सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण गृहको अध्ययन गर्न बालेन र मोदीबिच सहमति
काठमाडौं/ सर्लाहीमा ग्यास पाइपलाइनसहितको भण्डारण गृह बन्ने भएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा समकक्षी नरे…
२२औँ लेखनाथ महोत्सव पुस पहिलो सातादेखि
१२ करोडकाे आर्थिक कारोबार हुने अपेक्षा
यामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
काठमाडौं । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्ट…
सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो– २०२६’ हुँदै
चितवन। सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अ…
११ अर्ब भारतीय अनुदानमा निर्माण हुने पेट्रोलियम परियोजनाको मोदी र बालेनले दिल्लीबाट गरे शिलान्यास
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले भारतको सिलगुढीदेखि नेपालको झापा (चारआली)सम्मक…