भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।
करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबिच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो संख्या दुई सयभन्दा बढी पुग्ने उनले बताए ।
‘असारसम्म ४० प्रतिशत काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ। प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिनेछ । यसअघि आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो,’ सञ्चालक गौतमले भने ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रंगशाला पुगेकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेकी थिइन् । उनले चालू आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुन सक्नेतर्फ सचेत रहन आग्रह गरिन् । संघीय सरकारले रु. २५ करोड र बागमती प्रदेश सरकारले रु. १० करोड रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेका छन् । बजेट सुनिश्चित र निकासाका लागि निकै मिहिनेत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरेकी थिइन् ।
महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रंगशाला निर्माण गरिरहेको छ । रंगशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रंगशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरले स्वामित्व लिएर संघीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी ०८१ साउनबाट रंगशालाको काम सुरु गरिएको हो । रु. ७८ करोडमा ठेक्का लगाइएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’मा
कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिँदै
३ वर्ष अघि
घर फर्केनन् रोनाल्डो
३ वर्ष अघि
टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी
३ वर्ष अघि
प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने
१ वर्ष अघि
सुझावित समाचार
लिटल फ्लावर प्राइड लिग : एरिस्टो, शुक्लाफाँटा र खप्तड इन्डोर विजयी
धनगढी/ धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी १०औँ संस्करणको लिटल फ्लावर प्राइड लिगअन्तर्गत आइतबार भएका खेलमा एरिस्टो मावि धनग…
विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं/ आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृंखला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गर…
१०औँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सुरु
काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता– २०८३ मूल आयोजक समितिको बैठक सुरु भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्…
विश्वविजेता मोइन अली जनकपुर बोल्ट्समा
इंग्ल्यान्डलाई सन् २०१९ मा एकदिवसीय र सन् २०२२ मा टी–२० विश्वकप उपाधि दिलाएका मोइन अलीले तेस्रो एनपिएलमा जनकपुरब…
दक्षिण अफ्रिकाका प्रेटोरियसले तोडे गेलको टी–२० रेकर्ड
दक्षिण अफ्रिकाका ब्याट्सम्यान लुआन ड्रे प्रेटोरियसले पुरुष टी–२० फर्म्याटमा ७९ बलमा सर्वाधिक १८८ रन बनाउँदै वेस्ट इन्डिजका…
२०औँ एसियाली खेलकुद : निराशाजनक प्रदर्शन गरेर फर्किँदै नेपाली टोली
स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको नेपाल २०औँ एसियाडमा दुई कांस्यमा सीमित