अर्थमन्त्री विष्णु पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि सात अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
आर्थिक वर्षभित्र एआई सेन्टर स्थापना गरिने, नवीनतम प्रविधि खोज तथा अनुसन्धानलाई प्राथमिकता दिइने उनले बताए । त्यस्तै, डिजिटल सिस्टम विकासका लागि ७४ करोड विनियोजन गरिएको पनि बताए ।