एउटा विद्यालय जहाँ विद्यार्थी संख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

अन्नपूर्ण गाउँपालिका– ५, स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर  छ ।  कक्षा पाँचसम्म अध्यापन हुने यो विद्यालयमा तीनजना विद्यार्थी छन् । कक्षा तीनमा दुई र कक्षा चारमा एकजना विद्यार्थी छन् । प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एकजना स्थायी दरबन्दी, एकजना निजी स्रोतका शिक्षक र एकजना कार्यालय सहयोगी छन् । 

‘तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्,’ उनले भने, ‘भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा एक, दुई र पाँच विद्यार्थीविहीन भएको छ।’

विद्यार्थी संख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून रहेको उनले बताए । 

सुझावित समाचार