झारफुकबाट बिमार निको पार्ने बहानामा किशोरीमाथि यौन दुर्व्यवहार गर्ने धामी पक्राउ

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

झारफुक गरेर बिमार निको पार्ने बहानामा किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा एकजना धामी पक्राउ परेका छन् । विराटनगर– ६, रामपुरमा दिदीसँगै कोठा भाडा लिएर बस्दै आएकी १५ वर्षीया किशोरीलाई  झारफुक गरेर निको पारिदिने बहानामा कोठामा एक्कै उपचार गर्न बोलाएर यौन दुर्व्यवहार गर्न खोज्ने सोही ठाउँका ३५ वर्षीय धामी महमद साबिर मलबी पक्राउ परेका हुन् । किशोरी बारम्बार बेहोस भएर लडिरहने भएको भन्दै उनकी दिदीले धामी लगाएकी थिइन् । 

प्रहरीका अनुसार धामी साबिरले बिमार निको पार्ने भन्दै चार महिनादेखि किशोरीलाई बोलाएर यौन दुर्व्यवहार गर्दै आएका थिए । पछिल्लो समय किशोरीको अन्तिम उपचार गर्नु छ भन्दै राति अलग्गै कोठामा राखेर यौन दुर्व्यवहार गर्न खोज्दा होहल्ला भएपछि धामीको पोल खुलेको थियो ।  

मौलाना साबिरलाई अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ ।
  
 

See More On

सुझावित समाचार