डिडिसीका कर्मचारीले पाउँदै आएको सुविधा कटौती

कर्मचारीले दैनिक एक लिटर दुध र मासिक एक लिटर घिउ पाउँदै आएका थिए

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी)अन्तर्गतका कर्मचारीले लिँदै आएको दैनिक एक लिटर दुध र मासिक एक लिटर घिउको सुविधा बुधबारदेखि कटौती गरेको छ । दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी र सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थालगायतका कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

अन्य सार्वजनिक संस्थानहरूमा पनि संस्थान पनि नोक्सानीमा गएका वेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दुध तथा दुग्धजन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि कर्मचारीको सुविधा कटौती जरुरी रहेको जनाएको छ । यसैबिच संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ । करिब एक वर्षदेखि संस्थान निमित्तको भरमा सञ्चालित थियो ।

See More On

सुझावित समाचार