प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। प्रतिपक्षी दलको अवरोधपछि भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित भएको हो।
यसअघि आज बिहान ११ बजेलाई बोलाइएको बैठक झन्डै एक घण्टा ढिलो गरी सुरु भएको थियो। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो।
आधा घण्टालाई स्थगित बैठक सुरु नभएपछि साढे ३ बजेलाई सारिएकोमा प्रतिपक्षीको अडानपछि भोलिलाई बोलाइएको हो। गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।
