प्रतिनिधिसभा बैठकको समय साढे ३ बजेलाई तोकियो

बुधबार, १४ जेठ, २०८२
डिजिटल संस्करण
प्रतिनिधिसभा बैठकको समय साढे ३ बजेलाई तोकियो

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रतिनिधिसभाको बैठकको समय पुनः साढे ३ बजेलाई तोकिएको छ। यसअघि आधा घण्टालाई स्थगित भएको बैठक सुरु नभएपछि साढे ३ बजेलाई तोकिएको हो।

बिहान ११ बजेलाई बाेलाइएकाे प्रतिनिधिसभाको बैठक झन्डै एक घण्टा ढिलो गरी सुरु भएकाे थियाे। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। 

सुझावित समाचार