अन्तर्राष्ट्रिय जुडोमा नेपाल उपविजेता

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

नेपाली जुडो टोली बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपालले समग्रमा ५ स्वर्ण, १ रजत र ४ कांस्य जितेको थियो । बन्दी सहायता नियोग (पाम) जुडो डोजोका खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कांस्य जिते । 

प्रतियोगितामा पामबाट पाँचजना खेलाडी सहभागी भएकोमा सबैले पदक चुमेका छन् । आयोजक बंगलादेशको बिकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङ्जी शेर्पाले नेपाललाई स्वर्ण दिलाए । 

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत हात पारे । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य जितेका छन् । प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी थिए । निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । 

See More On

सुझावित समाचार