संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो २ः३० सम्मका लागि स्थगित भएको थियो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन् । बिहान बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए ।
त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।