झिनो अंकले बढ्यो नेप्से

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ०.८५ अंकले बढेर दुई हजार ६७५.६२ को विन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ५९ हजार ६३३ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ०.४०, विकास बैंक १.६६, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२९, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

वित्त समूह ०.६१, होटेल तथा पर्यटन ०.०९, लगानी ०.२६ र जीवन बिमा ०.५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त १.१३, निर्जीवन बिमा ०.५५ र अन्य समूह ०.२० प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको रु. ६३ करोड ५८ लाख १९ हजारबराबरको १४ लाख ३४ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार