स्थगित हुनुपूर्व संसदमा जे देख्यौँ (फोटोफिचर)

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

मंगलबारको संसद् बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दै उनको राजीनामाको माग गर्दै प्रतिपक्षी सांसदहरूले विरोध गरेका थिए । बैठकको आकस्मिक समयमा माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

त्यसैगरी, अन्य विपक्षी सांसदले पनि बोल्ने समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले सत्तापक्षीय सांसद श्याम घिमिरेलाई बोल्न दिएपछि विपक्षीले नाराबाजी सुरु गरे । नाराबाजीपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे । मंगलबार संसदमा देखिएका केही दृश्य :

See More On

सुझावित समाचार