नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.२१ अंकले घटेर दुई हजार ६७४.७६ को विन्दुमा कायम भएको हो ।
आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ५८ करोड ५० लाख २२ हजारबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.२७, वित्त ०.१२, होटेल तथा पर्यटन ०.९१, जलविद्युत् ०.०६ र लगानी समूह ०.१५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा ०.२०, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बिमा ०.३२, व्यापार ०.१३ र अन्य समूह ०.४८ प्रतिशतले घटेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रु. ६४ करोड ३१ लाख ५० हजार नाै सयबराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता सेयर खरिद–बिक्री भएको छ ।