राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको विषय र त्यसलाई संसदमा प्रभावकारी रूपमा उठाउनेबारे छलफल हुनेछ।
रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। रास्वपाले अब बस्ने संसद्को बैठक सामान्य नहुने चेतावनी दिएको छ।