सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले ४ वैशाखमा श्रेष्ठले सचिवालयमा बुझाएको राजीनामा स्वीकृत गरेको सांसद हरि ढकालले जानकारी दिए।

यसैगरी, बैठकले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहको राजीनामा पनि स्वीकृत गरेको छ।

श्रेष्ठले सांसद पदमा रहेर सशक्त भूमिका निर्वाह गर्ने भनेर र शाहले पार्टीको प्रशिक्षण विभाग र आफ्नो क्षमताको तालमेल नमिलेकाले अर्काे विभागमा रहने भनेर राजीनामा दिएका थिए।

सुझावित समाचार