अनलाइन पत्रकार संघकाे अध्यक्षमा सत्याल

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न संघको १४औँ वार्षिक साधारणसभाबाट वडापालिकामा आबद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको हो । 

संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया र  कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने छन्। त्यस्तै, सदस्यहरूमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुर टेलिभिजनकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन्।

सुझावित समाचार