सहकारी ठगीमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउने कोशीका मुख्यमन्त्रीको प्रतिबद्धता

शनिबार, १० जेठ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी ठगीमा संलग्नले कुनै पनि बहानामा छुट नपाउने बताएका छन् । उनले कोशी प्रदेशभित्र सहकारीको रकम अपचलमा संम्लग्न जुनसुकै पार्टी र तहको व्यक्ति भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने घाेषणा गरे । 

शनिबार विराटनगरमा आयाेजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषय कार्यक्रममा मुख्यमन्त्री कार्कीले  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव र प्रभावमा नपरी काम गर्न निर्देशन पनि दिए । 

मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न कोशी प्रदेश ससरकार तयार बताउँदै सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका सबै सहकारीहरू कानुनीमा दायरामा आएरै छाडने दाबी गरे । उनले भने, ‘थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा छन् । तिनलाई न्याय दिन केन्द्र मात्र नभएर प्रदेश सरकार पनि प्रतिबद्ध छ ।’  

कोशी सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि बिशेष समिति निर्माण गरेर अध्ययन अनुसन्धान थालेको छ । 
 

सुझावित समाचार