बर्दियामा सर्प टोकाइबाट महिलाको मृत्यु

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

बर्दियामा सर्पको टोकाइबाट महिला मृत्युु भएको छ। सर्प टोकाइबाट मधुवन नगरपालिका – १ पत्थरबोझीकी  ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।बिहीबार खेतमा  काम गरिरहेको समयमा थारूलाई  सर्पले  टोकेको थियो । सर्पले  टोकेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरियामा लगिएको थियो । 

अस्पतालमा उपचार सम्भव नभएपछि  थप  उपचारका अस्पताल थारूलाई  भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशब न्यौपानेले बताए ।  थारूको उपचारको क्रममा शुक्रबार दिउँसो  १२ बजेर  २० मिनेटमा  भेरी अस्पताल नेपालगन्जमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब  उपरीक्षक चक्र बहादुर डम्बरपालले बताए ।
 

See More On

सुझावित समाचार