रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।

मंगलबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ  नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो।

लामिछानेलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।

यसअघि ६ पटकसम्म ‘हेर्न नमिल्ने’मा परेपछि सर्वोच्चले ‘हेर्न मिल्ने’ न्यायाधीशबिच मात्र गोलाप्रथा गर्न आदेश दिएको थियो।

सुझावित समाचार