इयू टोलीको नेपाल भ्रमण : उच्चस्तरीय भेटघाटसहित पाटन दरबार क्षेत्र अवलोकन

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

युरोपेली संघ (इयू)को २५ सदस्यीय टोलीले सोमबार पाटन दरबार क्षेत्रको भ्रमण गरेको छ। दुईदिने भ्रमणका लागि नेपाल आएको उक्त टोलीमा २१ युरोपेली देशका राजदूत, चार्ज डे अफेयर्स र प्रथम सचिवहरू समावेश छन्।

टोलीले सोमबारै प्रधानमन्त्री, परराष्ट्रमन्त्री, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गरेको छ। भेटका क्रममा नेपालमा आगामी सहयोग, लगानी र विकासका विषयमा छलफल भएको नेपालको लागि इयूका राजनीतिक सल्लाहकार जीवन सुवेदीले जानकारी दिए।

नेपालमा इयू, फिनल्यान्ड, फ्रान्स र जर्मनीका दूतावास रहेका छन् भने अन्य देशका प्रतिनिधिहरू दिल्लीबाट विशेष भ्रमणका लागि नेपाल आएका हुन्। सुवेदीका अनुसार नेपालसहित दक्षिण एसियाको विकास, निर्माण र लगानीसम्बन्धी विषयहरू दिल्लीस्थित दूतावासहरूले पनि हेर्ने भएकाले यो टोली नेपाल भ्रमणमा आएको हो।

भ्रमण टोलीमा सहभागीहरु
भ्रमण टोलीमा सहभागीहरु

नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो भ्रमणले आगामी वर्षहरूका लागि नियमित नेपाल भ्रमण तालिका तय गरी योजना पनि बनाएको छ। भ्रमणले नेपालको प्रवर्द्धन, आगामी सहयोग र लगानीलाई थप सुरक्षित र प्रभावकारी बनाउने विश्वास गरिएको छ। 

टोलीले पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्नुका साथै स्युचाटारमा नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पनि अवलोकन गर्ने कार्यक्रम छ।

तस्बिरमा हेर्नुस् पाटन भ्रमण :

सुझावित समाचार