राजस्थानमाथिको जितसँगै पन्जाब प्ले अफ नजिक

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिगको ५९ औँ खेलमा पन्जाब किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। यो जितसँगै पन्जाबको प्ले अफ सम्भावना बढेको छ। 

पन्जाबले १० रनले राजस्थानलाई हराएको हो। पहिले ब्याटिङ गरेको पन्जाबले २२० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा राजस्थान २०९ रनमै समेटियो। 
यो जितसँगै पन्जाब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

१२ खेलमा पन्जाबले ८ जित निकालेमा तीन खेलमा पराजित भएको थियो भने एक खेल रद्द हुँदा अंक बाढेको थियो।  
पहिलो स्थानमा रहेको बैंग्लोरको पनि समान अंक भए पनि नेट रनरेटका आधारमा ऊ पहिलो स्थानमा छ। तेस्रो स्थानमा रहेको गुजरात र पाँचौँ स्थानको दिल्लीबिच आइतबार नै अर्काे खेल हुँदै छ। 


प्ले अफमा पुग्न अब पन्जाबलाई एक अंक पर्याप्त हुनेछ। लिग चरणमा उसका दुई खेल बाँकी छ। दुवै खेल हारेमा पनि सम्भावना कायमै रहन्छ। 

सुझावित समाचार