विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले सकायो काम, आज प्रतिवेदन बुझाउँदै

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

विद्यालय शिक्षा विधेयकलाई थप टुंगोमा पुर्याउन बनेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले प्रतिवेदन तयार पारेको छ । समितिले आज दिउँसो ३ः३० बजे शिक्षामन्त्री, समितिका सभापतिसहितको उपस्थितिमा प्रतिवेदन बुझाउँदै छ ।

९ चैतमा सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठन भएको उपसमितिले १८ चैतदेखि बल्ल काम थालेको थियो । १६९ वटा दफा र एक हजार ७५८ बुँदामा छलफल सकाएपछि प्रतिवेदन तयारी पारी आज बुझाउन लागिएको हो ।

सो प्रतिवेदन समितिमा आएपछि थप छलफल गरी असारको पहिलो साता संसदमा टेबुल गरिने सभापति अम्मरबहादुर थापाले बताए । ‘आज प्रतिवेदन समितिलाई बुझाइँदै छ, त्यसउपर समितिमा थप छलफल गरी टेबुल गरिन्छ,’ उनले भने ।

सुझावित समाचार