वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीलाई बिमा प्राधिकरणको निर्देशन

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणका अध्यष शरद ओझाले समग्र बिमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छन् ।

नेपाल बिमा प्राधिकरणले ५७औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बिमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नवीनतम प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहित वार्षिक कार्यक्रम ल्याउन बिमा कम्पनीलाई निर्देशन दिएका हुन् । 

‘जोखिम हस्तान्तरण गरेर वित्तीय सुरक्षण गर्न सकिन्छ भनेर आमनागरिकलाई आश्वस्त पार्नुपर्छ, दाबी भुक्तानीलगायतमा देखिएका कमीकमजोरीलाई घटाउँदै शून्यमा झार्नुपर्छ,’ उनले भने । 

See More On

सुझावित समाचार