सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयको

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

एक वर्षको अवधिमा ९१ अर्ब ५९ करोड ७१ लाख बेरुजु थपिएको छ। महालेखापरीक्षकको कार्यालयले तयार गरेको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणसम्बन्धी प्रतिवेदनमा बेरुजुको प्रवृत्तिमा खासै सुधार देखिएको छैन।

महालेखापरीक्षक तोयम रायाले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई ६२औँ प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ, भौतिक योजना र रक्षा मन्त्रालयको छ । 

प्रतिवेदनअनुसार  संघीय सरकारी कार्यालयमध्ये सबैभन्दा धेरै ३३ अर्ब ७१ करोड बेरुजु अर्थ मन्त्रालयको छ । जुन संघीय कार्यालयको कुल बेरुजुको ७०.६१ प्रतिशत हो । त्यस्तै, भौतिक योजना तथा यातायात मन्त्रालयको  ६ अर्ब ४३ करोड र रक्षा मन्त्रालयको एक अर्ब ६७ करोड रुपैयाँ छ । 

सुझावित समाचार