‘नेपाली नागरिक र राज्यबिचको ठूलो द्वन्द्व कहाँबाट सुरु भयो ?’

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाली नागरिक र राज्यबिचको ठूलो द्वन्द्व कहाँबाट सुरु भयो भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद परियारले २००७ सालदेखि देशको विकास गर्छु भनेर राजनीतिमा लागेका राजनीतिज्ञले किन जनताको हितमा काम गर्न नसकेकाे भनेर प्रश्न गरे । 

उनले जनताले जुन तहको राज्यबाट सेवा सुविधा पाउनुपर्थ्योत्यो पाउन नसकेको बताउँदै जनताले समृद्धिको महसुस गर्न नपाएको उल्लेख गरे । उनले इतिहाँसमा भएका सबै प्रयत्नप्रति धन्यवाद दिँदै समाजको वास्तविक अन्तरद्धन्द पहिचान नगरे नेपाली समाजको विकास नहुने बताए । 

उनले राज्य र नागरिकबिच भावना जोडिनुपर्नेमा जोड दिए । 

सुझावित समाचार