कांग्रेसबाट चुनाव लडेका पौडेललाई गभर्नर बनाउने तयारी

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसबाट संसदीय चुनाव लडेका डा.विश्व पौडेललाई सरकारले गभर्नर बनाउने तयारी गरेको छ । नेपाली कांग्रेसको सिफारिसमा पौडेल गभर्नर बन्न लागेका हुन्। 

गभर्नर बन्ने पक्का भएपछि गभर्नर सिफारिस समितिबाट उनले राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रहेका पौडेल २०७९ मा चितवन–१ बाट चुनाव लडेको रास्वपाका हरि ढकालसँग पराजित भएका थिए। उनी कांग्रेस नेतृ आरजु देउवा निकट मानिन्छन् । उनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहमति जनाएको स्रोत बताउँछ। 

तिव्र चलखेलका कारण राष्ट्र बैंकमा एक महिनादेखि गनर्भर पद रिक्त छ। 

सुझावित समाचार