जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप : प्रधानमन्त्री ओली

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन् । आइतबार नीति तथा कार्यक्रमबारे  संसदमा भएको छलफलमा बोल्दै उनले नयाँ प्रविधि र नवप्रवर्द्धन प्रयोग भएको व्यवसायलाई मात्रै स्टार्टअप भनिने आमव्याख्याविपरीत  यस्तो व्याख्या गरेका हुन् । 

ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन् । 

अघिल्लो वर्ष स्टार्टअपका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्वीकृत गरिएको ६६१ वटा कर्जामा धेरैजसो कृषि, घरेलु तथा साना व्यवसायसँग सम्बन्धित छन् भने केही मात्रै आइटी र नवप्रवर्तनका क्षेत्रहरूसँग सम्बन्धित छ ।

सुझावित समाचार