शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण
शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्या छैन । ... नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’

तर, शिष्टाचारको पाठ सिकाउँदै हिँड्ने ओली आफैँ भने प्रायः अशिष्ट व्यवहार देखाउँछन् । शनिबार बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनले नै उनको शिष्टतालाई मापन गर्छ ।

यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक व्यक्तित्वहरूको शपथमा उभिनुपर्ने प्रधानमन्त्री कुर्सीमा बसेका मात्रै छैनन्, आसन नै अस्वाभाविक छ ।

सोही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदा पनि प्रधानमन्त्री यस्तै आसनमा थिए ।    

See More On

सुझावित समाचार