प्रतिक्रियावादी र अवसरवादीहरूले घेराबन्दी र भ्रम छरिरहेका छन्- प्रचण्ड

शनिबार, २७ बैशाख, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले यथास्थिति भत्काउने र रूपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि बढाउने बताएका छन्। 

निर्मल लामाको २५औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरूले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए।

उनले भने- ‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरूतिर फर्किने, इतिहासका राम्रा कुराहरूबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसिपमाथि प्रतिक्रियावादी र अवसरवादीहरूले अनेक किसिमका हमला गर्छन्। हामी सबै त्यसमा सचेत हुनुपर्छ।

सुझावित समाचार